भाटभाटेनीमा आजदेखि १० प्रतिशत छुटको स्कीम, कुन कुन सामानमा पाइन्छ छुट ?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २ माघ ।

भाटभाटेनी सुपर मार्केटले ग्रोसरी समानहरुमा १० प्रतिशत छुट दिने योजना ल्याएको छ । भाटभाटेनीले आजदेखि नै लागू हुने गरेर उक्त योजना ल्याएको हो । यो योजना सिमित अवधीको लागि मात्र लागू हुने बताइएको छ ।
बिशेषगरि दाल, चामल, तेल, मसला, बेकरी, प्रोजन मासुहरु, टवाईलेट्रिज लगायतका सम्पुर्ण खाद्य सामानहरुमा १० प्रतिशत छुट दिने कम्पनीको भनाइ छ ।
बिशेषगरि कोभिड–१९ महामारीले पारेको आर्थिक अफ्ठयारोमा भाटभाटेनी सुपर मार्केटले यस्तो स्कमी ल्याएको बताइएको छ ।

अन्तरबैंक कारोबारमा भारी गिरावट, यस्तो छ तथ्यांक

चालु आर्थिक बर्षमा अन्तर बैंक कारोबारमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको चालु आवको पहिलो पाँच महिनाको तथ्यांकलाई हेर्दा यस्तो देखाएको हो ।
गत आवको पाँच महिनामा कुल ८ खर्ब ७२ अर्ब ५ करोडकोको अन्तर बैंक कारोबार भएको थियो । तर, यो बर्ष २ खर्ब ७ अर्ब ९ करोडको शेयर कारोबार भएको छ ।
यस अवधीमा वाणिज्य बैंकहरुको रु.१ खर्ब २८ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.७८ अर्ब ५६ करोड गरी कुल रु.२०७ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुको रु.७ खर्ब ९७ अर्ब ९० करोड र अन्य वित्तीय संस्थाहरुको रु.७४ अर्ब १६ करोड गरी कुल रु.८ खर्ब ७२ अर्ब ५ करोड अन्तर बैंक कारोबार भएको थियो ।