आज २०७७ माघ ०२ गते बिहिबार, हेर्नुहोस् तपाइको आजको राशिफल

हाम्रो सन्देश संवाददाता

मेष

आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेको छ ।

बृष

सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ।

मिथुन

समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।

कर्कट

खाद्यान्न तथा औषधिजन्य व्यवसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने छ ।

सिंह

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ ।

कन्या

व्यापार व्यवसायमा आजको दिन लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तुला

आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुन सक्छ । तरपनि कृषि तथा पशुपालन व्यवसायमाबाट लाभ लिन सकिनेछ ।

बृश्चिक

आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ ।

धनु

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर

समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ ।

कुम्भ

सामान्य वादविवाद तथा झैझगडामा फस्ने योग रहेको छ, ध्यान दिनुहोला । मुद्दामामिला तथा दैनिक काममा चुनौतिको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

मीन

आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।