काठमाडौँ ।
पछिल्लो समय नयाँ नयाँ लोकदोहोरी गितहरु बजारमा आउने क्रम जारी छ । गायक अशोक पाण्डे र गायिका गीता देवीको नयाँ गित “लुरी ’ सार्वजनिक भएको छ।
गायक अशोक पाण्डेले ‘लुरी ’ बोलको गीत आफ्नै यूट्यूब च्यानल “अशोक पाण्डे” मार्फत सार्वजनिक गरेका छन्।
यस गीतमा चर्चित टीकटकर पुरु सिग्देल,सिर्जन भट्टराई,दीपक के सि, अर्जुन खनाल, गणेश कंडेल, गणेश खत्री, नम्रता शर्मा, बिमल पाठक,प्रकाश के सि,अस्मिता ढकाल, मुना नेपाल, प्रज्ञा श्री थापा लगाएतको अभिनय देख्न सकिन्छ। मुकुन्द सिम्खडाको लय, शब्द मदन थापा/अशोक पाण्डेको रहेको छ । नृत्य निर्देशक प्रकाश कँडेल र दिपक तामाङले निर्देशन गरेका हुन् भने छायांकन गोकुल खत्रीले गरेका छन् ।
साथै गीतमा बिष्णु तामाङको मिक्सिङ, स्टुडियो:शंकरा डिजिटल, रेकर्डिङ्ग सागर पुन, पोस्ट प्रोडक्सन हाम्रो सन्देश डटकमको रहेको छ ।