काठमाडौँ , २७ पुस ।
मबार अपराह्न साढे २ बजे भुइँचालोको धक्का महसुस गरिएको छ।
अपराह्न २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ।
मध्य काठमाडौंमै केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए।
पार्किङमा राखेको स्कुटर जलाउने एक युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले आइतवार स्कुटरमा आगजनी गरी क्षती पुर्याएको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला स्याङ्जा आँधिखोला गाउँपालिका-३ बस्ने वर्ष २८ को रबिन क्षेत्री रहेका छन् ।
क्षेत्रीले गत पुस १४ गते राती आँधिखोला गाउँपालिका-२ मडुवा बस्ने खिमानन्द सापकोटाको ग.४ प. ९६३७ नं. को स्कूटर घर निजकै पार्किङ गरी राखेकोमा आगजनी भएको थियो । प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका क्षेत्रीले नै उक्त स्कुटर जलाएको खुल्न आएपश्चात निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पक्राउ परेका क्षेत्री उपर आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।