काठमाडौं, २६ पुस ।
सरकारले माघीको अवसरमा माघ १ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापाका प्रेस सहयोगी किरण भट्टराईले पनि मन्त्रिपरिषद्को आइतवारको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।
साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन पुस २६ गते आइतवार राति १२ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ ।
नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर मुलुकको नक्सा छापेपछि प्रचण्ड माधव नेपाललगायत भीम रावलसम्मले आफूविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् । शुक्रवार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
नेपालको भूभाग समेटेर जुन दिन हामीले नक्सा छाप्यौं, संविधान संशोधन गर्यौं त्यहि दिनदेखि यिनीहरुको टाउको दुख्यो । उनले भने यहि प्रदेशको एउटा मान्छेको टाउको दुख्यो । नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु पद पायो भनेमात्र खुसी हुन्छन् भन्ने देखियो ।
उहाँले रावलको नाम नलिई भन्नुभयो,‘अछामको एउटा केटो बाटो हिड्दा हिड्दै पुलिसले समातेर जेलमा ल्याएपछि आफूले जेलमा राजनीति सिकाएको हुँ ।’
पद नपाएपछि रावल आफ्नो विपक्षमा मनपरी बोल्दै हिडेको उहाँको भनाइ छ । ओलीले थप्नुभयो, ‘मैले मन्त्री बनाएको बेला त केपी ओली ठिक थियो । तर पछिल्लो पटक एउटै प्रदेशबाट सधैं एउटैलाई मात्र नबनाउने भनेँ । मैले मन्त्री बनाउन नमानेपछि उहाँलाई पिर पर्यो । आज सुदूरपश्चिमले चार जना मन्त्री पाएको छ, सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला ।’
नेकपा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली आज धनगढी पुग्नुभएको हो । सभास्थल वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।