थाहा छ ? यस्ता १० चिह्न भएकी युवतीले चम्काउँछन् पुरूषको भाग्य

हाम्रो सन्देश संवाददाता

धर्म शास्त्रका अनुसार महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु भएमा उनीहरु पुरुषका लागि भाग्यमानी सावित हुन्छन् । यस्ता युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ ।

त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ ।

-यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
-कन्याको नाभी गहिरो छ भने शुभ मानिन्छ ।

-यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।
-निधारको ठिक बिच भागमा कोठी छ भने यस्ता महिला शुभ मानिन्छन् ।
-समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

-कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।
-कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।
-पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

-हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।
-आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।