काठमाडौं, २३ पुस ।
अबदेखि एउटा बैंकको एटीएम कार्डमार्फत अर्को बैंकबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका २०७७ संशोधन गरी उक्त व्यवस्था लागू गरेको हो ।
केन्द्रीय बैंकको व्यवस्था अनुसार मासिक २ वटा कारोबार भने निःशुल्क गर्नुपर्नेछ ।अन्तरबैंक एटीएम कारोबार गरेमा भने बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार अधिकतम २० रुपैयाँसम्म शुल्क लिन पाउनेछन् । यसअघि केन्द्रीय बैंकले कोभिड–१९ को बढ्दो संक्रमणका कारण सरकारले गरेको लक डाउनलाई लक्षित गरी एटीएम कारोबार निःशुल्क बनाएको थियो ।