काठमाडौं, २३ पुस ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहिबार ३ बजेर ३९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउसो काठमाडौंको गोकर्णेश्वरलाई केन्द्र बनाएर २.७ रेक्टर स्केलको भूकम्प गएको हो।
सानो स्केलको भूकम्प भएपनि केन्द्र काठमाडौंमै भएकाले मानिसहरुले धक्का महसुस गरेका थिए।
केन्द्रका अनुसार आज गएको भूकम्प २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पकै परकम्प हो।
विनासकारी सो भूकम्पपछि पनि परकम्प आउनेक्रम रोकिएको छैन।