काठमाडौं, २१ पुस ।
मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ ।
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ ।
नेपाली बजारमा आकाशियो सुनको भाउ, २० हजार ६०० रुपैँयाले बढ्यो !
नेपाली बजारमा सुनको भाउ उर्लिएको छ । २०२० को सुरुवात देखि वर्षको अन्तिम समयसम्म आउँदा २० हजार ६ सय रुपैँया (२१.८९ प्रतिशत) ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०२० सुरुवातमा ७३ हजार ५०० मा कारोबार भएको सुनको मुल्य वर्ष अन्तिम दिन (डिसेम्बर ३१) मा ९४ हजार १०० मा कारोबार भएको छ ।
गएको अघिल्लो समय सुनको मुल्यले यस वर्षको नयाँ किर्तिमान कायम गरेको थियो । यस वर्षको नै सबैभन्दा बढी १ लाख ३ हजार ५ सय रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, एक वर्षको अवधिमा चाँदीको मुल्य ४ सय १० रुपैंयाले बढेको हो । वर्षको सुरुवातमा ८९० रुपैया रहेको चाँदीको मुल्य वर्षको अन्तिम समयसम्म आउँदा १३०० रुपैंया रहेको थियो ।