अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको डुबेर मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ पुस ।

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर विराटनगर घर भएका २७ वर्षीय सचित बिमलीको मृत्यु भएको हो ।

अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजका अनुसार रोयल नेसनल पार्कस्थित वाटामोला पोखरीमा सोमबार अपराह्न पौडी खेल्ने क्रममा बिमलीको मृत्यु भएको हो।

पुलिस, फायर फाइटर, प्यारामेडिक्स र सर्फ लाइफसेभरले बिमलीको शरीर ४० मिनेट पछि सात मिटरको गहिराईमा फेला पारेका थिए।
त्यहाँ चट्टान भएका कारण त्यहाँ नजान चेतावनी संकेतहरू राखिएका छन्, जहाँ मानिसहरूलाई ‘तलको खोलामा खेल्न नजानु’ भनिएको छ ।

सिड्नीको अर्वनमा दिदीसँगै बसोबास गर्दै आएका थिए । साथीहरूसँंग पार्क घुम्ने क्रममा पौडी खेल्दा डुबेर उनको मृत्यु भएको हो।

सन् २०१९ को जुलाईमा अस्ट्रेलिया पुगेका बिमली त्यहाँको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्री पढिरहेका थिए।