डर्टी’ गर्ल सोनिकाकाे ‘बाेल्ड’ अवतार, हेर्नुहाेस् अवतार

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

युट्युबर तथा मोडल सोनिका रोकाया आफ्नो अभिव्यक्ति र यूटयुवमा दिअर्थी लाग्ने अन्तरवार्ता लिएर सधैँ चर्चामा आइरहन्छिन् ।

समाजिक संजाल इन्स्टाग्राममा सोनिका डर्टि रोकाया नाम रहेको एकाउन्ट चलाउँदै आएकि सोनिकाले हट तस्बिरहरु सार्वजनिक गर्दै आएकि छिन् ।

त्यस्तै उनले काठमाडौंको दरवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्समा लिक्इड लाउन्च संचालन गर्दै आएकि छिन् । केहि समय पहिला उनको क्लबमा पुर्व युवराज पारश शाहले भ्रमण गरेपछि रोकाया फेरि चर्चामा आएकि थिइन् ।
सोनिकाको खास नाम पूजा रोकाया हो । उनी पूजाबाट सोनिका बन्नुका पछाडि पनि अनेकन कारण छन् । बझाङ, छान्नास्थित माझीगाउँको मध्यम किसान परिवारमा जन्मिएकी हुन् उनी । उनका बुवा बर्खबहादुर रोकाया बझाङको खप्तड छान्ना गाउँपालिकाका कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् 

पारससँग नजिकिएपछि सोनिका आफैँले भनिन् म सम-लिङ्गी होइन्

द्वन्द्वकालमा उनका बुवाको खुट्टा भाँचिएको थियो, उनको सम्पत्ति पनि सेबोटेज गरिएको थियो । सोनिका तिनै बर्खबहादुरका पाँच सन्तानमध्येकी चौथी सन्तान (काइँली) हुन् । उनको जन्म धनगढीमा भए पनि उनी कक्षा ५ सम्म बझाङमै पढ्ेकी हुन् । सोनिकाले काठमाडौंस्थित प्रतिष्ठित बूढानीलकण्ठ स्कुलमा ५ देखि १० कक्षासम्म छात्रवृत्तिमा पढेकी हुन ।
बूढानीलकण्ठका उत्पादनहरू कोही इन्जिनियर, कोही डाक्टर बन्छन्, तर सोनिकाले कसरी बाटो बिराइन् ? त्यसको पनि आफ्नै कथा छ । राजादेखि सामान्य नागरिकसम्मका छोराछोरी पढ्ने बूढानीलकण्ठको वातावरणले विकास गर्ने कन्फिडेन्ट सोनिकामा पनि झल्किन्छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]