ओली समुहमा पहिरो : दुई मन्त्री नै अर्को समुहमा प्रवेश

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ पुस ।

नेकपाको ओली समूहका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेको अर्थमन्त्री प्रकाश ज्वालाले दावी गरेका छन् ।

ज्वालाका अनुसार पदम रोकाया भने एक हप्ताअघि नै प्रचण्ड–नेपाल समूहमा प्रवेश गरिसकेका थिए ।

यससँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् ।

ओली समूहका तीनजना प्रचण्ड–नेपाल समूहमा लागेसँगै मुख्यमन्त्री शाहीको सरकार सुरक्षित भएको छ । नभए कांग्रेसकाे बिस्वासकाेे मत जरुरी हुन्थ्याे । उनिहरुकाे प्रवेशसंगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सुरक्षित भएका छन ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]