काठमाडौं, १९ पुस ।
आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बजार खुलेपछि सार्वजनिक गरेको सुनचाँदीको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।
यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९४ हजार रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ पनि स्थिर रेहेको छ । आज चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि गत साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदी आजकै मूल्यअनुसार कारोबार भएको थियो ।
निगमले लुम्बिनी डिपोमा आधुनिक प्रविधिबाट तेल लोड–अनलोड थाल्यो
काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा आधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड गर्ने काम सुरु भएको छ । शनिबारबाट लुम्बिनीको प्रादेशिक कार्यको डिपोबाट निगमले औपचारिक रूपमा तेल लोड–अनलोडको काम सुरु गरेको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन आधुनिक प्रविधिमा लगिएको बताए । उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्य क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अघि बढाउने बताए ।
निगमका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड–अनलोड गर्ने काम सुरु गरेको छ । एपीआई मापदण्डअनुसार पाइपलाइन जडान, भल्भ, पम्प जडान साथै ट्यांकी÷ट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ ।
निगमका अनुसार २ करोड ५० लाख लगातमा नयाँ प्रविधि जडान गरेर लोड–अनलोड गरेको छ । यसमा तीनवटा पम्प जडान भएका छन् । निगमको नायब कार्यकारी निर्देशक सुशिल भट्टाईले यो प्रविधि जोड गर्दा ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिनेछ ।
उनले यसअघि सो डिपोबाट पेट्रोल र डिजेल लोड–अनलोड गर्न ८ घण्टामा जम्मा ३÷४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेको बताए । भट्टाईले नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको बताए । पुरानो प्रविधिमार्फत काम गर्दा दैनिक काम सम्पन्न गर्न रातिको ९÷१० बजेसम्म कर्मचारी काममा खटिनुपर्नेमा अहिले त्यो समस्या समाधान भएको भट्टाईको भनाइ छ ।
प्रादेशिक कार्यालय प्रमुख प्रलयङ्र आर्चायका अनुसार डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा गरी दैनिक १० लाखदेखि ११ लाख डिजेल र ३ लाख लिटर पेट्रोल मट्टीतेल र हवाई इन्धन बिक्री गर्दै आएको छ । नयाँ प्रविधि जडानसँगै विभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्यांकर लोड–अनलोड गर्न घण्टांैसम्म कुर्नुपर्ने मात्र होइन, कतिपय भारतबाट तेल लिएर आएका ट्यांकर सोझै डिलरतर्फ पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । नयाँ पूर्वाधार सञ्चालनमा गर्दा मागअनुसार पेट्रोलियम पदार्थ लोड–अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने कार्यालयका प्रमुख आर्चायको भनाइ छ ।
यसैगरी, सो स्थानमा निगमले ट्यांकी ट्रक पार्किङ यार्डको विस्तार गरेको छ । यसअघि निगमसँग पर्याप्त पार्किङको सुविधा नहुँदा विभिन्न समस्या भोग्नुपरेको थियो । पार्किङ निर्माण हुँदा कार्यालयभित्र नै एकपटक करिब १०० वटा ट्यांकी÷ट्रक पार्किङ गर्न सकिने निगमले जनाएको छ । यसैगरी, निगमले दुर्घटनाबाट बच्न इलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, इलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्यअनुरूप इलेक्ट्रिक प्यानल बोर्ड, एटियस प्यानलको जडानसहितको इलेक्ट्रिकल प्यानल हाउस निर्माण गरिएको छ । यस इलेक्ट्रिकल प्यानल हाउसलाई डिपो अटोमेसनपछि कट्रोलिङ कक्ष पनि बनाइने निगमले जानकारी दिएको छ ।
नेपाल पेट्रोलिय डिर्लस राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकरण गरेसँगै व्यवसायीलाई सहज बताएको बताए । साथै उनले प्रविधिको विकाससँगै व्यवसायीले कारोबार गरेबाफत निगमले दिँदै आएको कमिसन पनि बढाउँदै लैजानुपर्नेमा जोड दिए ।