‘संघीयता खारेज गरौं, सबैलाई जेल हालौं’ : नेतृ पाल ओली समूह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ पुस ।

सत्तारुढ दल नेकपाकी केन्द्रीय सदस्य निरु पालले संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्। नेकपा केपी शर्मा ओली समूहकी पालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले भ्रष्टचारीलाई जेलको कालकोठरीमा सडाउने आट गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हुन्।

सांसद पालले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र केन्द्रीय सरकारको मन्त्रीमण्डल १५ सदस्यीय राख्न सुझाव समेत दिएकी छन्। आफनो व्यक्तिगत विचार भन्दै नेतृ पालले प्रधानमन्त्री ओलीले यत्ति गरे सधै जनताको मनमस्तिष्कमा बस्ने उल्लेख गरेकी छन्।

पालले फेसबुकमा भनेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्को सिट १०५, केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिस्कमा सधैं बस्नुहुनेछ। मेरो ब्यक्तिगत बिचार।