काठमाडौं, १५ पुस ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । लामो समयदेखि अस्वस्थ रहेकी उनलाई आज मेडिसिटी अस्पतालमा भर्ना गरिएको दाहालकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले फेसबुकमा लेखेकी छन्-“मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी।
मलेसियाबाट काठमाडौं आएका एक नेपालीलाई कोरोना संक्रमण
मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएका एकजना नेपालीलाई कोरोना भाईरस संक्रमण देखिएको छ । नेपाल वायुसेवा निगमको आरए–४१६ विमान मार्फत त्रिभुवन विमास्थलमा उत्रिएका विकासप्रसाद गुप्तालाई कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित बसेको सिट छेउका ३० जनालाई होटल क्वारेन्टाइनमा राख्न भनेको छ । संक्रमित लिएर आएको जहाज कम्पनीले नै क्वारेन्टाईनमा राख्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा डा बासुदेव पाण्डेले रातोपाटीलाई बताए । सो विमानमा आएका अरु २३ जनालाई समस्या देखिए महाशाखामा सम्पर्क गर्न भनिएको छ । अन्य यात्रुलाई घर पठाइएको छ ।