काठमाडौं, १५ पुस ।
नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धि भएको छ । मंगलबार सुनको मुल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मुल्य १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भइरहेको छ । यसैगरी, बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
२०२१ मा अत्याधिक मात्रामा ठुलो पूँजी चीन भित्रीने लगानी बैंकको दाबी
कोरोना महामारीलाई सही ढंगले नियन्त्रण गरेको र परास्त गर्न विभिन्न प्रभावकारी खोपको निर्माण गरेको चीनमा अगामी वर्ष २०२१ मा अत्याधिक मात्रामा विदेशी पूजी खोपको कारण भित्रीने लगानी बैंकको दाबी छ । लगानी बैंकले आँकलन गरेअनुसार महामारीको वर्ष २०२० मा भित्रीएको पूंजी भन्दा बढी मात्रामा विदेशी पूंजी भित्रने दाबी गरेको हो ।
सोमबार सम्मको शेयर मार्केट अनुसार यस वर्ष २०० बिलिअनको पूजी प्रवाह भएको छ । यो अंक विगत भन्दा निकै कम रहेको जनाइएको छ । सन् २०१८ मा २९४.२ विलिअन युआनको पूंजी प्रवाह भएको थियो । यस वर्ष महाामरीको कारण पूंजी प्रवाहमा गिरावट आएको जनाइएको छ ।
महामारी विरुद्वको विन्नि खोप निर्माण भएपश्चात सन् २०२१ मा चीनभित्र अत्याधिक मात्रामा पूंजी भित्रीने भएको हो । विदेशी पूंजी भित्रीए लगतै चिनियाँ मार्केट पुनः ट्रयाकमा आउने सम्बन्धीत निकायले जानकारी गराएको हो । यो पूजी अगामी वर्ष ८.२ प्रतिशतले बढ्ने भएको लगानी बैंकले आँकलन गरेको छ ।