दोश्रो श्रीमती बिहे गर्नकोलागी श्रीमानले जेठी श्रीमतीलाई मा’रेको खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाण्डौ ।

श्रीमानले आफ्नै श्रीमतीलाई पि’ट’रै मा’रेको भन्ने समाचारको वास्तविकता खुल्न आएको छ ।

वास्तवमा श्रीमानले किन श्रीमतीलाई कु टे’रै मा’रे त भन्ने कुरा छलफलमा आउँदा दाश्रो श्रीमतीलाइ बिहे गर्न नपाएको भन्ने आ’रोप यतिबेला मृतकका आफन्तले लगाएका छन् ।

माईती पक्षले त्यस्तो आ’रोप लगाउँदा घर तिरकाले भने बिरामी भएको हुनाले म’रेको भन्ने स्पष्टिकरण दिएका छन् । तर मृतकका आफन्त र माईति पक्षले त्यो कुरामा सहमति जनाएका छैनन् ।

ओलीबाट सत्ता झर्ला भनेर कांग्रेसले आस नगरे हुन्छ : भट्टराई

जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष नेता बाबुराम भट्टराईले केपी ओलीले घोषणा गरेको चुनाव हुने र आफू ठूलो दल हुने आस नगर्न कांग्रेसलाई सुझाएका छन् ।

संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले कांग्रेसले आफू ठूलो दल हुने आस गरेको होला तर त्यसो हुन नसक्ने बताए । राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले स्मरण गराए ।

भट्टराईले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोहद्वारा पुनःस्थापना गर्ने र आन्दोलनलाई जारी राख्ने बताए । भट्टराईले अहिले संसद् विघटन गरी चुनाव गर्ने नाममा ओलीले विषको भाँडोमा माथि अमृत देखाएको टिप्पणी गरे । उनले भने, ‘अमृतलाई हेरेर कांग्रेसलाई नलोभिन हाम्रो आग्रह छ । ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउला भन्ने कांग्रेसले नसाचे हुन्छ ।’

सबैलाई एकमत भएर सडकमा आउनै पर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीको पछिल्लो कदम अलोकतान्त्रिक भएको जनाउँदै उनले भने, ‘संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेका छन् । गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउनका लागि घोषणा गरेका होइनन् ।’

उनले अदालतप्रति झिनो आसामात्रै रहेको बताए । भने, ‘हामी सडकबाटै संसद् पुनःस्थापना गर्ने हो । न्यायाधीशप्रति सम्मान छ । तर केपी ओलीले सबै संस्थामा आफ्नो खल्तीबाट मान्छे लगेर राखेका छन् । त्यही भएर सडक आन्दोलनको विकल्प छैन ।’

भट्टराईले दाहाल र नेपाललाई कित्ता क्लियर गर्न पनि सुझाए । भने, ‘ओली सुध्रिएर आए सँगै लान्छौं भन्ने अब छोड्नुपर्छ ।’

सभामुखले प्रतिनिधिसभा बोलाउन पर्ने र विघटन गर्न नहुने पनि भट्टराईले बताए । उनले भने, ‘सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बोलाउन पर्छ । संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।’

यसैगरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि ओलीले प्रतिगमन गरेकाले यसलाई सडकबाट नै प्रतिरोध गर्नुपर्नेमा जोड दिए।