प्रचण्ड पत्नी सितालाई उपचारका लागि फेरि भारत लैजाने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई स्वास्थ्य उपचारका लागि पुनः भारत लैजाने तयारी भएको छ ।

लामो समयदेखि बिरामी रहेकी सीतालाई यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिएको हो ।

भारतका चिकित्सक र अस्पतालसँग सिताको उपचारका बारेमा परामर्श भइराखेको जनाइएको छ ।

‘यहाँका चिकित्सकहरुले आमाको रिपोर्ट लिएर भारतका विशेषज्ञ चिकित्सकसँग सल्लाह गरिराख्नु भएको छ । चार/पाँच दिनभित्र आमालाई भारत लाने तयारी हुँदैछ’, प्रचण्डका निजी सचिव तथा पुत्री गंगा दाहालले भनिन् । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्याबाट पीडित छिन । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]