नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट चढेको सवारी दुर्घटना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ पुस ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट चढेको सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि विष्ट, उनी श्रीमति, छोरा सहित चार जना घाइते भएका छन ।

शनिबार काठमाडौंबाट इटहरी जाने क्रममा विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ चियावारी र पिपलभञ्ज्याङको बीचमा उनी चढेको सवारी दुर्घटना भएको हो ।

नेपाल टेलिभिजनको वा१ञ२४७० नम्बरको गाडी ब्रेक फेल भएपछि रोडको छेउँमा रहेको साईड वारमा गाडी ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परि घाइते भएका विष्टकी श्रीमति इन्दु विष्ट, छोरा संयम् विष्ट र सवारी चालक केशव सापकोटा सबै जनाको अवस्था सामान्य रहेको सिन्धुली अस्पतालले जनाएको छ ।

घाइते चारै जना सिन्धुली अस्पतालमा उपचारपछि काठमाडौं फर्किएका छन ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।