ओली र प्रचण्ड–नेपाल समूहबीच झडप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली समूह र प्रचण्ड–नेपाल समूहबीच कञ्‍चनपुरमा सामान्य झडप भएको छ ।

प्रचण्ड–नेपाल पक्षले पार्टी कार्यालयमा बोलाएको भेला ओली समूहले बिथोल्न खोजेपछि सामान्य झडप भएको हो । प्रचण्ड समूहका नेता कार्यकर्ताका अनुसार पार्टी कार्यालयमा भेला बोलाइँदा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

ताला तोड्न खोजेपछि सामान्य ठेलमठेल भएको हो । स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

‘म जतिबेला पनि मारिन सक्छु’ : रामकुमारी झाँक्री

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मारिने सक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भावुक हुँदै उनले यस्तो बताईन् । उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद बनाएको बताएकी छिन् ।

ओली र भण्डारीप्रति इंगित गर्दै जनताले चुनेका ब्यक्ति नै राजाभन्दा निरंकुश देखिएको बताएकी छिन् । संबिधानको चीर हरण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट गलहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् ।

करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मुद्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घात गरेको पनि बताईन् ।

केपी ओलीले अरुलाई मान्छे नै नमान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको बताउँदै ओली र भण्डारीको निरंकुशता एक महिनामै अन्त्य गरिदिने चेतावनी दिएकी छिन् ।आजको समाचारपत्र दैनिकमा खबर छ।