कति छ आज सुनचाँदीको मूल्य ? कति छ आजको भाउ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ पुस ।

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।