स्याङ्जामा बस र ट्रक एक् आपसमा ठोकिदा १७ जना घाईते, ५ जना गम्भिर

हाम्रो सन्देश संवाददाता

स्याङ्जा, १२ पुस ।

सिद्धार्थ राजमार्ग अन्तरगत स्याङ्जाको पुतलीबजार ११ बगालथोकमा बस र ट्रक एक आपसमा ठ’क्कर खाँदा १७ जना घा’ईते भएका छन् ।अर्जुनचौपारीबाट आउँदै गरेको ना ५ ख ५१३९ नम्वरकको बस र पोखराबाट वालिङ तर्फ जाँदै गरेको लु १ ख ६५९४ नम्वरको ट्रक एक आपसमा ठ’क्कर खाएको हो ,दु’र्घटनामा परी घा’ईते भएकाहरु मध्ये १० जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भईरहेको छ त्यस्तै ५ जनालाई थप उपचारको लागि पोखरा पठाईएको स्याङजाका प्रहरी प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले दिए अनुशार घा’ईतेहरूको बिबरण यस प्रकार रहेको छ ।१)जिल्ला स्याङजा अर्जुनचौपारी गा.पा. २ बस्ने वर्ष ३८ को घमनसिङ गुरुङ – GMC अस्पताल पोखरामा उपचार हुँदै २) जिल्ला स्याङजा अर्जुनचौपारी गा.पा. ३ घर भई हाल पोखरा बस्ने वर्ष ३५ की जमुना काफ्ले, अस्पताल पोखरामा उपचार हुँदै ३)जिल्ला पर्वत महासिला गा.पा. ५ घर भई सोही वसको सह चालक काम गर्ने वर्ष २८ को अमृत वि.क., पोखरामा उपचार हुँदै ४) ट्रक चालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष ४३ को खुम व.दंगाल, पोखरामा उपचार हुँदै ।

५) जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा. ४ बस्ने वर्ष ६८ की जमुना गुरुङ, पोखरामा उपचार हुँदै ६)ऐ. ६ बस्ने वर्ष ६३ की तुलसी काप्ले दाहिने कोखामा भित्री चो’ट अवस्था मध्यम , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको । ७) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने वर्ष ५६ को सालिग्राम सुनार,मुख र खुट्टामा चो’ट, अवस्था सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको । ८)ऐ. ऐ. वस्ने वर्ष ५० की उमादेवी सुनार, टाउकोमा सामान्य चो’ट, सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

९) जिल्ला पर्वत महासिला गा.पा २ पर्वत वस्ने वर्ष ३० की चेत कुमारी नेपाली दाहिने खुट्टामा चो’ट, सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको । १०) जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ७६ को रुम व.गुरुङ,दाहिने आखा मुनी सामान्य चो’ट, सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।११) जिल्ला स्याङ्जा पुतली वजार ११ वस्ने वर्ष ८३ को शेषकान्त अर्याल, दाहिने खुट्टमा चो’ट, सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।१२)जिल्ला पर्वत माहाशिला गा.पा. ५ बस्ने वर्ष १८ को सागर गैरे ,मुखमा चो’ट, सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१३) जिल्ला स्याङ्जा अर्जुनचौपारी २ बस्ने वर्ष ४७ को प्रितमसिङ गुरुङ, मुखमा चो’ट, सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।१४) ट्रक सहचालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष वर्ष १९ को बसन्त कुवर, मुखमा चो’ट सामान्य ,जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।१५)जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ६३ को मन व.घले, खुट्टामा चो’ट सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।१६)ऐ. पुतली वजार न.पा. १ बस्ने वर्ष ३२की भगवती पौडेल, दाहिने खुट्टामा चो’ट, सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।१७) जिल्ला पर्वत महासिला २ बस्ने वर्ष ५० की हिम कुमारी गुरुङ मुख खुट्टमा चो’ट सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।