लगातार बढ्दै सुनको मूल्य, कति छ आजको भाउ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ पुस ।

नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दै गइरहेको छ ।

आज साताको अन्तिम दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९४ हजार २ सय र तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७ सय मा कारोबार भएको छ ।

छापावाल सुन बिहीबार ९४ हजार १ सय, बुधबार ९४ हजार, मंगलबार ९४ हजार ९ सय, सोमबार ९५ हजार २ सय र आइतबार ९४ हजार ३ सय मा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य बिहीबार ९३ हजार ६ सय, बुधबार ९३ हजार ५ सय , मंगलबार ९४ हजार ४ सय, सोमबार ९४ हजार ७ सय र आइतबार ९३ हजार ८५० मा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज तोलाको १२ सय ८० मा कारोबार भएको महासङ्घले जनाएको छ । बिहीबार पनि चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।