कालो सारीमा देखिइन् स्वस्तिमा, फ्यानलाई दिइन् यस्तो सुझाब

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

लकडाउनका कारण मानिसहरू निकै त,नावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो ।

अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ ।सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् ।

उनले फेसबुकमा कालो सारीमा सजिएका सुन्दर तस्वीर शेयर गर्दै कालोले सुन्दरता फिर्ता लेराउँछ भन्दै लेखेकी छन् ।जहाँ उनलाइ हजारौं हजारभन्दा बढीले लाइक गरेका छन भने धेरैले कमेन्ट गरेका छन् । अधिकांशले उनको सुन्दरताको तारिफ गरेर प्रतिक्रिया दिइरहेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।