BREAKING :- प्रचण्ड समूह दल दर्ताकाे लागि ओलीलाई कार्वाहीकाे पत्रसहित निर्वाचन आयाेगमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ पुष ।

स्थायी समिति बैठकले आइतबारको बैठकबाट गरेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी निर्णयको पत्र लिएर नेकपा स्थायी समिति सदस्य लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका छन्।

उनले देशसञ्चारसँग कुरा गर्दै आफू प्रधानमन्त्रीमाथि अनुशासनको कारबाही गर्ने पत्र लिएर निर्वाचन आयोग पुगेको जानकारी दिए।

प्रधानमन्त्रीमाथि अनुशासनको कारबाही गर्ने निर्णय आइतबारको स्थायी समिति बैठकले गरेको जहाँ ओली पक्षका नेताहरु भने अनुपस्थित थिए।

मंगलबारका लागि निर्धारित केन्द्रीय समिति बैठकले उनीमाथि अनुशासनको कारबाही गर्ने एक नेकपा नेताले देशसञ्चारलाई जानकारी दिए।

अहिले संसद भवन बानेश्वरमा नेकपाका शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालसहित असन्तुष्ठ पक्षका सांसदहरु भेला भएका छन्।

पुर्व माओवादीका निवास चहार्दै ओली

आन्तरिक द्व’न्दमा फस्दै गएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली हिजो दिनभर भेटघाटमा ब्यस्त रहे । पार्टी जिवनमा निकै संकटमा फसेका ओली यतिबेला नयाँ नयाँ तरिका र शैली बनाउदै अगाडी बढेकाछन ।

प्रधानमन्त्री ओली खुमल्टारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका थिए ।

सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् । खुमल्टारबाट फर्किएपछि प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटारबाट सिधै मन्त्री निवासमा प्रवेश गरेका थिए ।

खुमलटारमा प्रधानमन्त्री ओली र प्रचण्डवीच कुराकानी हुँदै गर्दा केहीबेरमा उपाध्यक्ष वामदेव गाैतम पनि पुगेका थिए ।

ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर कुराकानी भएको थियो ।