प्रधानमन्त्री ओलीले जनताको नाममा सम्बोधन गर्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ पुष ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले जनताको नाममा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको नीजि सचिवालयले जनाएको छ ।

सम्बोधनमा पछिल्लो राजनीतिक अवस्था र निर्वाचनमा जानुपर्ने कारणका विषयमा जनतालाई जानकारी गराउनु हुने बताइएको छ ।

आइतबार ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको सिफारिस राष्ट्रपति कार्यालयबाट स्वीकृत भएको थियो।

चरम राजनितिक संकटका बिच आज ओलीले आफु निकटको भेला बालुवाटारमा डाकेर प्रचण्ड–माधवले सरकारको हरेक काममा बाधा पुर्याएपछि बाध्य भएर संसद विघटन गर्नु परेको बताएका थिए ।