टिकटक बनाउन लाग्दा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु

हाम्रो सन्देश संवाददाता

दाङ, ६ पुष ।

टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

शनिबार बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमाटिकटक बनाउन लाग्दा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा उनि खसेका उनी गम्भिर घाइते भएका थिए ।

साधारण सदस्य सम्म नरहने गरी ओलीलाई कार्वाही गरिदै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गर्ने कदम चालेपछि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बसेको जसपा, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरुको छलफलमा नेता नेपालले यस्तो बताएका हुन् । बैठकको सुरुवातमा जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले खोई त तपाईँहरुले केपी ओलीलाई कारबाही गरेको ? भनेर सोधेको प्रश्नमा नेता नेपालले अब बस्ने केन्द्रीय कमिटी बैठकबाट ओलीलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने जनाएको बैठकमा सहभागी एक नेताले बताए ।