नायिका वर्षा सिवाकोटीकाे मनोज गजुरेलसँग विवाह हुने हल्ला

हाम्रो सन्देश संवाददाता

काठमाण्डु ।

हास्य कलाकार मनोज गजुरेलसँग विवाह हुने हल्ला चलेपछि नायिका वर्षा सिवाकोटी तनावमा परेकी छिन् । केही मिडियामा ‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ शीर्षमा समाचार आएपछि उनले आपत्ति जनाएकी छिन् ।

उनले यस्ता समाचार हेरेर आफूलाई दया लागेको बताएकी छिन् । उनले कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाउन सुझाव दिएकी छिन् ।

‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ’, उनले भनेकी छिन्, ‘आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?

मीना ढकालविरुद्ध कानुनी उपचारमा जाँदै मनोज गजुरेल

हास्यकलाकार मनोज गजुरेलले आफु पूर्वपत्निको अनावश्यक गाली–बेइज्जतीबाट पीडित भैरहेको बताएका छन् ।

कलाकार गजुरेलले सामाजिक सञ्जालमार्फत आफु पीडित भइरहेको बताउँदै पूर्व पत्नि मिना ढकालविरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् ।

केही दिन अगाडि दोस्रो विवाह गर्न लागेको सार्वजनिक गरेका थिए । उनको उक्त विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिप्पणी समेत भइरहेका छन् ।
३ वर्ष अगाडि पत्नी मीना ढकालसँग कानुनी रुपमा डिभोर्स गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन् । दोस्रो विवाहको चर्चा चल्दै गर्दा मनोजले आफू पूर्वपत्नीबाट पनि पीडित भैरहेका बताएका हुन् ।

सकिएको सम्बन्धको आधारहीन आरोप प्रत्यारोपले आफ्ना छोराछोरीलाई समेत ठुलो असर पर्न थालेको भन्दै गजुरेलले सहनुको सीमा नाघेकोले आफूसँग कानुनी विकल्प बाहेकको बाटो नरहेको समेत स्पष्ट पारेका छन् ।

‘झन्डै ३ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गाली बेइज्जतीको क्रम रोकिएन,’ उनले लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।