बाबुरामको आक्रोश : राष्ट्रपति र प्रधानमन्त्री रहेसम्म लोकतन्त्रमाथि खतरा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ पुष ।

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति र प्रधानमन्त्री रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने टिप्पणी गरेका छन् ।

आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन घोषणा गरेसँगै डा. भट्टराईले यस्तो टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, पहिल्यै साख गुमाइसकेको राष्ट्रपति संस्थाले यस्तै’जो रक्षक उही भक्षक’को भूमिका निर्वाह गर्नु के आश्चर्य भयो र? वर्तमान राप र प्रमको टिम रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहनेछ भनेर हामीले भन्दै आएको कुरा पुनःपुष्टि भएको छ! प्रतिगमनका अरू शृंखला क्रमश:उद्घाटित हुनसक्छन् । प्रतिरोध गरौं!

पहिल्यै साख गुमाइसकेको राष्ट्रपति संस्थाले यस्तै’जो रक्षक उही भक्षक’को भूमिका निर्वाह गर्नु के आश्चर्य भयो र? वर्तमान राप र प्रमको टिम रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहनेछ भनेर हामीले भन्दै आएको कुरा पुनर्पुष्टी भएको छ! प्रतिगमनका अरू शृंखला क्रमश:उद्घाटित हुनसक्छन्।