भखर गयो ५.१ म्याग्निच्युडको भूकम्प

हाम्रो सन्देश संवाददाता

हङकङ ,५ पुष ।

जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । मेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० का अनुसार जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु आसपासमा १९.५ किलोमिटर गहिराइमा रहेको युएसजिएसले जनाएको छ ।

उक्त भूकम्पबाट भएको क्षतिको बारेमा कुनै समाचार आएको छैन । भूकम्पपछि उद्धार अधिकारीले उद्धारको काम गरिरहेका बताइएको छ ।

पुनः बालुवाटारमा प्रचण्ड, ओलीसँग यसरी हुदैंछ छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले भेट नदिएर फर्किएका नेकपा अध्यक्ष प्रचण्ड पुनः प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । र, अहिले केपी ओली र प्रचण्ड बीच बालुवाटारमा छलफल भइरहेको बताइएको छ ।
आज १ बजे नेकपाको स्थायी कमिटी बस्ने तयारी थियो । तर, आज बिहान प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद्को बैठक राखेर संसद बिघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका छन् ।
त्यसपछि अहिले नेपालको राजनीतिमा ठुलै हलचल मच्कीएको छ ।

बिशेषगरि प्रचण्डले ओलीलाई संसद् बिघटनको प्रस्ताव फिर्ता लिन दवाव दिनेछन् । प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले खुमलटारमा बसेर ओलीलाई उक्त प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेका थिए । त्यसपछि प्रचण्ड बालुवाटार पुगेका हुन् ।