श्रीमान विदेशमा हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नुहोला

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई विदाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ । सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्‍यो ।घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ । श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरिका नजान्दा भने जस्तो भएको थिएन ।

चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवारलाई वित्तीय साक्षरताका कक्षा सञ्चालन हुने भयो ।कक्षामा आम्दानी र खर्चको व्यवस्थापनका साथै विभिन्न व्यवहारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।त्यसपछि म पनि यो कक्षामा बसें ।यो कक्षामा बसेपछि मैले आम्दानी के हो र खर्च के हो भन्ने कुरा बुझें आम्दानी र खर्चलाई व्यवस्थापन गरेर कसरी बचत गर्ने भन्ने कुरा पनि सिकें ।मसँग आम्दानीको स्रोत त केही थिएन ।त्यपछि मैले आम्दानीको बाटो खोजें ।

माइतीमा आमा बुवाले टिका लगाएर दक्षिणा दिएको पैसा पनि जोगाउन थालें । श्रीमानले खर्च गर भनेर पठाएको पैसा पनि धेरथोर बचाउन थालें ।त्यसरी बचाएको पैसाले एउटा बाख्रा किनेको छु । अब विस्तारै बाख्रा थप्दै जाने मन छ ।खेतबारीमा तरकारी खेती पनि बढाउन थालेका छौं । परिवारका सबै सदस्य मिलेर तरकारी खेती गर्छौं । सिजनको बेला त राम्रै आम्दानी पनि हुन्छ ।तरकारी खेतीले घरखर्च पुर्‍याउन पाए विदेशमा कमाएको बच्थ्यो भन्ने लाग्छ ।

वित्तीय साक्षरताको कक्षामा बसेपछि त मैले श्रीमानसँग फोनमा बोल्दा हुने खर्च पनि घटाएको छु ।पहिले महिनाको ७ सय खर्च गर्दो रहेछु । अहिले यसलाई घटाएर तीन सयमा झारेको छु ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।