काठमाडौं, ४ पुष ।
लोक गायक सुरेश गन्धर्वको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरिएको छ । लोक गायक गन्धर्व स्वास्थ्यमा सुधार आएकाले मङ्सिर १६ गते अस्पतालबाट घर फर्केका थिए ।
शुक्रवार अस्वस्थ भएपछि गन्धर्वलाई छोरी तारा गन्धर्वले अस्पताल पुर्याएकी बताइएको छ । अस्पताल श्रोतका अनुसार गन्धर्वको कलेजोमा समस्या देखिएको बताएको छ ।
रिन्केबुङको राँगालाई, चुंकेबुङको चु ले सी ले ताप्लेजुङमा ताकेर, अरुण तमोर तरौला तिते फापर छरौंला, फुल लाउँला केसरी, खाउँला बेस्सरी’ भन्ने लोक गीत जनजिब्रोमा छ । अझ केही समय अघि यही गीत रमेश प्रसाईले गाइदिएपछि त झन अहिले यसका टिकटक धेरै बन्न थालेका छन् ।
यो लोकप्रिय गीतका गायक सुरेश गान्धर्व उमेरले ६५ बर्षीय छन् । उनी लामो समयदेखि मुटु, मधुमेह, उ च्च र क्त चा प र युरिक ए सि ड का कारण समस्यामा छन् । उनीसँग उपचारका लागि पैसा समेत नभएको बताइन्छ ।
उनको आफ्नो घर भने छैन । उनी धरान ८ वरगाछीस्थित एकघरमा कोठाभाडामा आफ्ना परिवारसहित बस्दै आएका छन् ।