काठमाडौं, ४ पुष ।
भारतीय बजारमा बुकिङ खुलेको १५ दिनमै निसानको सब–कम्प्याक्ट एसयूभी निसान म्याग्नाइट १० हजार युनिट भन्दा बढी बुकिङ भएको छ । बुकिङ खुलेको ५ दिनमै ५ हजार युनिट बुकिङ पार गरेको सो एसयूभीले सानदार प्रतिक्रिया पाएको छ ।
नेपाली बजारमा निसान म्याग्नाइट आगामी जनवरी वा फेब्रुअरी महिनामै नेपाल ल्याउने तयारीका साथ कार्य भइरहेको पायोनियर मोटोकर्पले जनाएको छ । करिव एक महिना पहिले यसको लागि बुकिङ खोलिने बताइएको छ ।
नेपाली बजारमा निसान म्याग्नाइटको सीभीटी मोडल भने उपलब्ध हुनेछैन । अहिले सम्म यसको मूल्य समेत निश्चित नभएकाले पनि नेपाली बजारमा कहिले आउने भन्ने निश्चित नभएको कम्पनी स्रोतको भनाइ छ ।
निसानले सो एसयूभी एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम भेरिएन्टमा उपलब्ध गराएको छ । सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।
निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
टाटा नेक्सन, किया सोनेट, हुन्डाई भेन्यु, फोर्ड इकोस्पोर्ट र रेनो डस्टर जस्ता अन्य सब–कम्प्याक्ट एसयूभीलाई टक्कर दिने अनुमान गरिएको सो एसयूभी निकै नै प्रतिस्पर्धि हुने अनुमान गरिएको छ ।