पतिलाई पनि छाडेँ : ४० कटेँ – तर म अझै कुमारी नै छु…

हाम्रो सन्देश संवाददाता

त्यो मेरो विवाहको पहिलो रात थियो । म पहिलो पटक कुनै पुरुषको अँगालोमा बाँधिनु पर्ने थियो । बिहेअघि नै मैले यो रातको बारेमा नजिकका साथीहरूसँग कुरा गरेकी थिएँ । त्यति बेला भने बिहेअघि मैले हेरेका निलो चलचित्रका दृश्यहरू अस्पष्टरुपमा मेरा आँखा अगाडि नाचिरहेका थिए । म रोमाञ्चित भइरहेकी थिएँ ।

सजाइएको गिलासमा हालिएको दूधलाई हातमा लिएर शिर निहुराउँदै म कोठामा पसेँ । अहिले सोच्दा पनि त्यो क्षण अत्यन्त परम्परावादी थियो । त्यति बेलासम्म मलाई थाहा थिएन, मैले एउटा अकल्पनीय झट्का व्यहोर्नु पर्नेछ भनेर ।

त्यो घ’टनाले मलाई निकै दुखित बनायो । मेरो कल्पनामा थियो । जब म कोठाभित्र पुग्ने छु अनि तत्कालै मेरा पतिले मलाई बलियोसँग समात्ने छन्, मेरा शरीरभरि चुम्बन गर्ने छन् तथा हामी सौम्य तरिकाले रातभरि मायामा बाँधिने छौँ ।

तर वास्तविकता फरक थियो, म कोठोमा आउनुअघि नै मेरा पति निदाइ सकेका थिए । त्यस बेला म ३५ वर्षकी थिएँ र कुमारीत्व पनि गुमाएकी थिइन । मेरो पतिको व्यवहार पीडादायक थियो ।

म कलेजमा पढ्दा र कार्यालयमा जाँदा धेरै केटा–केटीहरू गहिरो मित्रतामा बाँधिएका देखिन्थे । उनीहरू आफ्ना मित्रको काँधमा शिर राखेर थकाइ मेटाइ रहेका हुन्थे, हातमा हात राखेर हिँडिरहेका हुन्थे । त्यो देख्दा मलाई ईर्ष्या लागेर आउँथ्यो । के म पनि आफ्नो जीवनमा त्यस्तै साथीको खोजीमा त थिइन ?

महिलाले गरेका साना गल्तीलाई पनि यो समाजले ठुलो बनाएर प्रचार गर्छ तर पुरुषको ठुलो गल्ती हुँदा पनि महिलालाई त्यो गल्तीको भागीदार बनाइन्छ । कस्तो विडम्बना ? मेरो परिवार ठुलो थियो । ४ दाजुभाइ एक बहिनी अनि बुढा आमा–बाबा । तर, म एक्लो महसुस गरिरहेकी थिएँ । मेरा सबै भाइबहिनीहरूको बिहे भइसकेको थियो ।

उनीहरूको आफ्नै परिवार थियो । कहिले काहीँ सोच्थेँ, के उनीहरूलाई मेरो बारेमा केही वास्ता होला ? मेरो ढल्कँदो उमेर हेर्थेँ र अब एक्लै जीवन बिताउनु पर्ने हो कि भन्ने कल्पनाले नै तर्सन्थेँ । एकाङ्की जीवनका कारण कहिले काहीँ मेरो मन साह्रै दुख्थ्यो पनि । अनि कसैको मायाका लागि तड्पिन्थ्यो पनि ।

तर, मेरा वरिपरि एकान्त बाहेक केही थिएन । कहिले काहीँ लाग्थ्यो, यी सबै दुखका पछाडि कतै म मोटी हुनु त कारण छैन ? के पुरुषले मोटी महिलालाई मन पराउँदैनन् ?

के मेरा परिवारले मसँग मिल्दो जुल्दो एउटै केटो पनि खोज्न सक्दैनन् अब ? के अब म सधैँका लागि एक्लै बस्ने ? के कुनै दिन मेरो कुमारीत्व भङ्ग हुन्छ होला ? यस्ता प्रश्नहरूले सधैँ मेरो मस्तिष्कलाई तनाव दिइरहेका हुन्थे । जब म ३५ की भएँ, ४० कटिसकेका एक जना पुरुष मसँग विवाह गर्न राजी भए ।

हाम्रो कुरो छिन्ने दिन मैले ऊसँग आफ्ना सारा भावना पोखेँ तर उसले मेरा कुरालाई वास्तै गरेन । उ केही अत्तालिए झैँ देखिन्थ्यो तथा आँखाले एकटक भुइँ हेरिरहेका थिए र बेला बेलामा टाउको कन्याउँदै चुपचाप बसिरहेको थियो ।

मैले सोचेँ पुरुषहरू महिलाभन्दा अलि कमै बोल्ने हुन्छन् । शालीन हुन्छन् । अनि मलाई लाग्यो, मेरो हुनेवाला पति पनि त्यस्तै होलान् । तर, बिहे भएको पहिलो रातमा म द्विविधामा परेँ तथा मैले थाहा पाउन सकिन, किन उसले त्यस्तो रूखो व्यवहार देखाइ रहेको थियो भनेर ।

जब भोलिपल्ट मैले उसलाई सोधेँ, अनि उसले आफूलाई अलि सन्चो नभएको बतायो । तर, हाम्रा दोस्रो, तेस्रो तथा बाँकी अरू रातहरूमा पनि उसको व्यवहारमा कुनै परिवर्तन आएन । यस बारेमा मैले आफ्नी सासूसँग पनि कुरा गरेँ तथा उनले आफ्नै छोराको बचाउ गरिन् । ‘उ अलि लजालु छ तथा सधैँ महिलासँग कुरा गर्न हिचकिचाउँछ । उ केटाहरू मात्र पढ्ने विद्यालयमा पढ्यो । उसका कुनै दिदीबहिनी र महिला मित्र पनि छैनन्,’ उनले भनिन् ।

उनको कुराले मलाई अस्थायीरुपमा केही राहत मिल्यो, अनि मैले यस्ता वाहियात कुराका बारेमा सोच्न बन्द गरेँ । तर पनि, मेरा सबै चाहना, सपना तथा आवश्यकताहरू दिन प्रतिदिन चकनाचुर हुँदै गए । मेरा यौ’न चाहना मात्र होइन, उ न मसँग राम्रोसँग बोल्थ्यो नतै मलाई कहिल्यै स्पर्श नै गर्‍यो ।

एक पटक हात समेत समातेन । महिलालाई थाहा हुन्छ, पुरुषलाई बिस्तारै बिस्तारै आफूतिर कसरी आकर्षित गर्ने भनेर । म उसकै अगाडि लुगा फेर्थेँ, नांगिन्थ्येँ तर उ मलाई देखे पनि नदेखे झैँ गर्थ्यो । के मेरो वजन नै कारण थियो त ? कि मैले विवाह लागि उसलाई दबाब दिएँ ? मेरा माइती पक्ष बिहेपछि म सुखी छु भन्ने भ्रममा थिए अनि मैले कोसँग आफ्ना व्यथा साट्नु ? मलाई कुनै निकासको आवश्यकता थियो ।

एक दिन म हाम्रो कोठामा पसेँ अनि ढोका बन्द गरेँ । मेरो व्यवहार देखेर उ झन्डै ओछ्यानबाट हाम नफालेको । ‘के तिमीलाई म मन पर्दिन,’ मैले ऊसँग सोधेँ, ‘हामीले अहिलेसम्म एक पटक पनि यौ’न सम्पर्क राखेका छैनौँ तथा तिमीले आजसम्म आफ्ना मनका कुरा मलाई भनेका छैनौँ, तिम्रो समस्या के हो ?’ ‘मलाई कुनै समस्या छैन,’ उसले भन्यो । अनि मैले केही साहस जुटाएँ तथा उसको लिङ्ग खेलाउन थालेँ ।

मैले सोचे अनुसार उनको लिङ्ग उत्तेजित भएन । उसका लि’ङ्ग अति नै साना थिए, त्यसले मलाई झन् दुखी बनायो । म निकै द्विविधामा फसेँ । के लिङ्गको आकार नै यत्रो हुन्छ र ? के मैले नीलो चलचित्रमा हेरेको लिङ्गका आकार भिडियोमा चलखेल गरेर ठुलो बनाइएका हुन् ? मलाई थाहा भएन कोसँग कुरा गरूँ । किनकि म यौ’नका बारेमा कुरा कसैसँग गर्न चाहन्न थिएँ । मलाई पुरुषले महिलाका सौन्दर्यको बयान गरोस् झैँ लाग्छ । अनि महिलाले पुरुषको शारीरिक शक्तिका बारे ।

तर, म किन मेरा पतिको शारीरिक क्षमताका बारेमा कुनै निर्णय गर्न सकिरहेको थिइन ? मैले बिस्तारै बुझ्न थालेँ, ऊ नामर्द रहेछ भनेर तथा चिकित्सकले हाम्रो विवाह अघि नै उसलाई यो कुरा बताइसकेका रहेछन् तर उसका परिवारले मलाई यो विषय बारे भ्रममा राखे । जब मैले उसका बारेमा थाहा पाएँ, उसलाई लाज लाग्यो तर पनि माफी मागेन । महिलाले गरेका साना गल्तीलाई पनि यो समाजले ठुलो बनाएर प्रचार गर्छ तर पुरुषको ठुलो गल्ती हुँदा पनि महिलालाई त्यो गल्तीको भागीदार बनाइन्छ ।

कस्तो विडम्बना ? ‘यौ’न तृप्ति मात्र जीवनको महत्त्वपूर्ण पाटा होइन, किन तिमी धर्मपुत्र पाल्दैनौँ ?’ मेरा नातेदार मलाई अर्ती दिन्थे । मेरा पतिका परिवार मसँगै गुहार माग्थे, ‘मानिसहरूले थाहा पाए भने हाम्रो सारा इज्जत जाने छ ।’ मेरो माइती पक्ष भन्थे, ‘तिम्रो भाग्य नै यस्तै रहेछ ।’ तर मलाई मेरो पतिको शब्दले बढी मन दुखायो । ‘तिमी जे चाहन्छौँ, त्यही गर ।

तिमीलाई मन परेका जो कोहीसँग सुत्न तिमीलाई छुट छ । न म तिमीसँग रिसाउने छु, नतै कसैसँग यो कुरा गर्नेछु,’ उसले भन्यो, ‘तिमीले अरू कसैसँग सुतेर बच्चा जन्मायौ भने पनि म उसलाई पिताको नाम दिन तयार छु ।’

आफ्ना पतिबाट कुनै पनि महिलाले यस्तो दर्दनाक, भावविहीन उपाय बारे सुन्ने कल्पना पनि गर्न सक्दैनन् । उसले मसँग फटाइँ गर्‍यो तथा आफ्नो तथा परिवारको इज्जत जोगाउन त्यस्तो कार्य गर्ने सल्लाह दिँदै थियो । ऊ मेरो खुट्टा समातेर रुन थाल्यो, ‘कृपया यो कुरा कसैलाई नभन तथा मसँग सम्बन्ध विच्छेद गर्ने कुरा पनि नसोच ।’ उसले भनेका कुरा व्यवहारमा उतार्ने बारे मैले कहिल्यै कल्पना पनि गरेको थिइन । तर, अब मलाई उसको आग्रह बारे सोच्न विवश बनाइ दियो ।

नत्र मसँग धेरै विकल्प थिएन । कि म उससँग अलग भएर आफ्ना यौ’न चाहना पुरा गर्नु पर्थ्यो अथवा मैले मेरा शारीरिक चाहना पुरा गर्न कुनै साथी खोज्नु पर्थ्यो । साथै मैले उसका लागि मेरा सबै चाहना मार्न सक्नु पर्थ्यो । अन्ततः मेरा भावनाको जित भयो । मैले आफ्नो बन्न नसकेका पतिको घर छाडेँ । मेरा अभिभावकले मलाई स्वीकार गरेनन् तर आफ्ना साथीहरूको सहयोगमा महिला होस्टेलमा बस्न थालेँ तथा फेरि काम सुरु गरेँ । मेरो जिन्दगी फेरि ट्र्याकमा आयो तथा सम्बन्ध विच्छेदका लागि मुद्दा पनि दायर गरेँ ।

मेरा पतिका परिवारले फेरि एक पटक लाज पचाए तथा म परपुरुषसँग लागेको तथा व्यभिचारी भएको कारण सम्बन्ध बिग्रिएको झूटो दाबी गरे । म अहिले पनि त्यस्तो पुरुषको खोजीमा छु । त्यस्ता पुरुष नभेटिँदासम्म म सन्तुष्ट नै रहने छु । त्यसका लागि म आफ्ना साथीहरूसँग उनीहरूका यौ’न सम्बन्धका बारेमा खुलस्त कुरा गरेर नै रमाउन सक्ने भएकी छु । मैले हार खाइन तथा शारीरिक परीक्षणका लागि व्यवस्था मिलाएँ । त्यसका लागि मलाई ३ वर्ष लाग्यो तर मैले सम्बन्ध विच्छेद गराइ छाडेँ ।

मलाई लाग्यो, फेरि एक पटक मेरो जन्म भएको छ । अहिले म ४० मा हिँडिरहेकी छु तथा अहिले पनि कुमारी नै छु । विगत केही वर्षदेखि धेरै पुरुषहरूले मसँग यौन सम्बन्ध राख्ने चाहना देखाइ रहेका छन् । उनीहरूको विचारमा मैले मेरो पतिको घर यौन चाहना पुरा नभएकाले मात्र छाडेको भन्ने रहेछ । त्यही कारण उनीहरूको चाहना मलाई सन्तुष्ट पार्छु भन्ने हुँदो रहेछ ।

ती सबै गलत र कमजोर सोचाइको उपज थियो तथा म त्यस्ता पुरुषहरूसँग टाढै रहन थालेँ । हो मेरा चाहना, सपना र आवश्यकता छन् तर, म ती सबै कुरा मलाई माया गर्ने, मेरो ख्याल राख्ने, मेरा भावना बुझ्ने पुरुषका अगाडि मात्र व्यक्त गर्न सक्छु तथा उसका साथ जीवन बिताउन पनि सक्छु । म अहिले पनि त्यस्तो पुरुषको खोजीमा छु । त्यस्ता पुरुष नभेटिँदासम्म म सन्तुष्ट नै रहने छु ।

त्यसका लागि म आफ्ना साथीहरूसँग उनीहरूका यौ’न सम्बन्धका बारेमा खुलस्त कुरा गरेर नै रमाउन सक्ने भएकी छु । म यौ’नका बारेमा जब सोच्छु, वेबसाइट नै मेरा मित्र बन्छन् । मेलै गरेका र गर्ने कामबाट मेरो बारे धारणा बनाउने मानिसहरू बारे मलाई कुनै वास्ता हुँदैन । उनीहरूले बुझ्नु पर्छ महिला भनेको प्राण नभएको प्राणी होइनन्, उनीहरू भित्र पनि अनेकौँ भावना तैरिरहेका हुन्छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।