मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुनेछ । बिद्यार्थी वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । व्यापार व्यावसायबाट आम्दानी हुने हुनाले थप लगानि गर्न आट आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा समय दिए पनि अरुनै कामको प्रेसरले प्रगति गर्न सकिने छैन ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जा भाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुशी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
माया प्रेमको गाठो कसिलो हनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनीति तथा समाजसेवामा जनताको भने जस्तो समर्थन पाईने तथा मानसम्मान,ईज्ज्त प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थिहरुले पढाइमा राम्रो प्रगति गरि नतिजा आफ्नो हातमा पार्न सक्नेछन् । घर जग्गा तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिग्रन लागेको काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आफन्त तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । छाटो दुरिको यात्रा हुनेछ तर कष्टकर नहोला भन्न सकिन्न ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आर्थिक गतिबिधि सम्बन्धी काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेको छ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपुर्ण वातावरणमा समय व्यातित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफ योग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । दान र सहयोग गर्न मन लाग्ने हुँदा केहि रकम खर्च हुनेछ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपूर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पती हात लागि हुने योग रहेको छ ।