सुनको मूल्य ह्वातै घट्यो, हेर्नुहोस् कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ पुष ।

पछिल्ला केहि महिनासम्म निरन्तर उकालो लागेको सुनको भाउ एकैदिन ७ सय रुपैयाँले घटेको छ ।

सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको मूल्य १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेप्से २२ अङ्कभन्दा धेरैले घट्यो, ६ अर्ब ७६ करोडको कारोबार

शेयर बजार काराेबार मापक नेप्से बिहीबार २२ दशमलव ७ अङ्कले घटेको छ । बुधबार ६ अङ्कभन्दा धेरैले घटेको परिसूचक बिहीबार पनि घटेर २ हजार ३२ दशमलव ५२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार माइक्रो–फाइनान्सबाहेक सबै समूहको सूचक घटेकाे छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २७४ दशमलव २७ अङ्कले घटेको छ ।

बिहीबार ६ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ बराबरकाे १४ करोड ११ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८० करोड २५ लाख रुपैयाँ बराबरकाे सेयर कारोबार भएको छ ।

कारोबार मापक सूचक घटे पनि बिहीबार माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । नारायणी डेभलपमेन्ट विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ७ दशमलव ५१ प्रतिशत गुमाएका छन् ।