काठमाडौं, ३ पुष ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्रदेशस्तरीय भेला सकिएको छ ।
पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजेबाट सुरु भएको भलामा प्रचण्ड–नेपाल समूहनिकट प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी थिए ।
भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र वरिष्ठ नेता नेता झलनाथ खनालले आफूनिकटका कार्यकर्तालाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए ।
यसअघि पनि प्रचण्ड र नेपाल समूहले बागमती प्रदेश र विद्यार्थीहरूको भेला गरेका थिए । साथै स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको पनि भेला हुँदै आएको छ ।