सरकारले सबै नागरिकलाई निशुल्क कोरोना खोप उपलब्ध गराउँछ: अर्थमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ पुष ।

अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिहरुलाई आज उनले अर्थ मन्त्रालयमा स्वागत गर्दै यस्तो बताएका हुन् ।

‘राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । स्रोत जुटाउन अर्थलाई समस्या छैन । खोप आयातका लागि सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको छ । सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको छ ।’, अर्थमन्त्री पौडेलले पत्रकारहरुसँग कुरा गर्दै भने ।