आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ पुष ।

आज साताको छैटौँ दिन अर्थात शुक्रबार पनि सुनको भाउ बढेको छ।आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको भाउ ९३ हजार ८ ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]