अध्यादेशबाट ओली पछाडि हट्नुका तीन कारण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ पुष ।

प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मंगलबारको आफ्नो निर्णयबाट बुधबारैपछि हट्न बाध्य भएका छन्।
अन्तिम समयसम्म अध्यादेश फिर्ता नलिने अडानमा बसेका ओली अन्ततः मंगलबारको आफ्नो निर्णयबाट बुधबारैपछि हट्न बाध्य भएका हुन्।

बुधबार स्थायी समिति बैठकका लागि दिँउसो १ बजेका लागि नेकपाका नेताहरु बालुवाटार पुगिसकेका थिए। यो बैठकमा अध्यादेशबारे नेताहरुले ओलीको उछितो काढ्ने तयारी गरिसकेका थिए।

त्यो भन्दा अघि नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा अध्यादेश फिर्ता नगर्ने अडान राखेका ओली अन्तिममा पछि हट्नुमा तीनवटा मुख्य कारण रहेको सो पार्टीका नेताहरुले अनौपचाकि कुराकानीका क्रममा बताएका छन्।

ओली निकट मानिने ती नेताका अनुसार पहिलो, अध्यादेशको संवैधनिक पुष्टि हुन नसक्ने अवस्था थियो। दोस्रो चोतर्फि विरोध र आलोचना बढ्ने खतरा रतस्रो अध्यादेशबाट नियुक्तिहरु गरेपनि संसदीय सुनुवाइले अनुमोदन नगर्ने निश्चित। यी तिन कारण थाहा पाएपछि ओली पछि हट्न बाध्य भएका हुन्।

त्यसका साथै अध्यादेशविरुद्ध ८३ जनाले सांसदले हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै राष्ट्पतिसमक्ष समावेदन गरेपछि ओली थप गल्न बाध्य भएका हुन्।