काठमाडौं, ३० मंसिर ।
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आईतवार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो । भने आज तोलामा १ सयले गिरावट आइ प्रतितोला सुन ९२ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ९ सय ५० रहेको छ । महासंघका अनुसार सोमवार प्रतितोला चाँदीको मूल्यमा स्थिरता छाएको छ । आइतवार झैँ सोमवार पनि प्रतितोला छापावाल सुनको मूल्य १२ सय कायम भइ कारोबार भइरहेको छ ।
पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक
नेपाल टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको सुविधा प्रयोग गरे पनि रेन्टलबापतको सो रकम तिर्नैपर्ने हुन्छ ।
कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पुरानै हो ।
जुन अहिले पनि कायम छ । यही रेन्टल चार्जबापतको रकमबाट पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ ।
पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकमा प्रयोगकर्ताको आकर्षण बढदै गएको छ । ग्राहकले प्याक प्रयोग गर्दा रेन्टल चार्जभन्दा छुट्टै रकम काटिन्छ ।
सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्जको रकममा खासै ध्यान दिइरहेका हुँदैनन् । सामान्यतः नेपाली महिनाको अन्तिममा अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल तयार हुन्छ ।
सो महिनामा रेन्टलभन्दा थोरै रकम प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौं, कुनै ग्राहकले महिनामा सय मात्र प्रयोग गरेको भएपनि ३८३.०७ नै काटिन्छ ।
यस्तो अवस्थामा आफ्नो २८३.०७ रुपैयाँ कता हरायो भनेर प्रयोगकर्ता झुक्किने गरेका छन् ।कम्पनीको जीएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिङ हुने गरेको थियो ।
तर हाल सस्तो दरका प्याक उपलब्ध भएपश्चात् धेरै ग्राहक अन्योलमा परिरहेका छन् । उदाहरणका लागि कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले २०० रुपैयाँको प्याक प्रयोग गरेको छ भने प्याक (भ्वाइस वा डेटा) बापतको २ सय रुपैयाँ र रेन्टल चार्जबापतको ३८३.०७ रुपैयाँ गरी ५८३.०७ रुपैयाँ तिर्नुपर्छ ।