शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा भीषण आगलागी- भिडियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ मंसिर ।

काठमाडौँ महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

सुरुमा एउटा घरबाट सल्किएको आगो अन्य घरमा पनि फैलिएको छ । केहीबेर अघिबाट शुरू भएको आगो निभाउन प्रयास भइरहेको बस्नेतले बताए । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]