आज मङ्सिर २९ गते सोमबार निकै राम्रो छ यी राशिको भाग्य, भेटी स्वरुप एक सेयर गर्नुहोस

हाम्रो सन्देश संवाददाता

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । चल हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ । शुभचिन्तकहरू सँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।