बिद्यालयको औसत विद्यार्थीको छोटो जीवन कथा

हाम्रो सन्देश संवाददाता

-पवन सुबेदी

गाउँको विध्यालयबाट एस एल सी परीक्षाउत्र्तीर्ण गरेको एक औसत विध्यार्थी ११ र १२ कक्षाअध्ययनको लागिशहर पस्छ डेरा लिएर बस्दै विहानमाकलेज जाने आउने, पकाउने, खाने, भाडाधुने, रmम सफा राख्ने, गाउँका साथिभाइ संग शनिबार भेट हुने यस्तै गरि वित्थ्यो उसकादिनहर, त्यस बाहेक उसले आफ्नो कलेज पढाईमाध्यानदिएरै पढ्थ्यो, विशेष गरि उसले विहान वेलुका को समय पढाईमाव्यतितगर्दथ्यो । खानाखाएपछिदिउँसोमापत्रपत्रिका र समाचार पढ्नमाउसको समय जान्थ्यो, उसले कलेज पड्दा सोचेको थियो अव १२ कक्षाभ्याएर बसेपछि सरकारी जागिर खानको लागिलोकसेवाआयोगको तयारी थाल्नुपर्दछ, उसलाई थाहाथियो वुवा र आमाले आफुप्रति गरेको लगानी ,संघर्ष, अनिउसलाई पढाउन गरेको मेहनत, उसले सोच्थ्यो छिटै जागिर खाएर वुवाआमाको सपना पुरा गर्ने अनिआफ्नो करियर सुन्दर बनाउने । शहर वस्दा उसले गाउँबाटै चामल र तरकारी ल्याएर खान्थ्यो उसले बुझेको थियो गाउँको अर्गायनिकचामल र तरकारी नै स्वास्थ्यजिवनको लागी राम्रो हुँन्छ ।

उसले गाउँबाटबोरामाचामलबोकेर शहर ल्याउँदै गर्दा बाटोमा सोच्थ्यो शहरको महङ्गो चामल सँधै किनेर खाने मेरो आर्थिक अवस्थापनि त राम्रो छैन, उसले साच्दो हो सायद म जागिर खाएभने यसरी गाउँबाट सँधै चामलबोकेर शहर पस्नुपनि नपर्ला, चामलबोक्दाआएको पसिनापुछ्दै बाटोमाथकाई मार्दा उस्ले मनमनै सोच्थ्यो यो पसिना सम्झेर मैले शहर गएर सुन्दर भविष्यको लागि मैले पड्नु छ । ११ र १२ को राम्रो रिजल्टआएपछि उ ब्याचलर जोईन हुन्छ साथै लोकसेवाआयोगको तयारी पनितिव्र रmपमाअगाडिबढाउँछ । उसले कलेज जाँदा देख्थ्यो बरालिएर हिड्ने अँगालो मारेर हिड्ने केटाकेटीहरm जो प्रेमलिलामातल्लिन देखिन्थे, उसले सोच्छ म पनि यसै गरी हिड्न पाएकतिआनन्दहुन्थ्यो, कस्तो रमाईलो जिन्दगी सँधै हाँसिरहुजस्तो सँधै नाचिरहुँजस्तो, तर यो सँगसँगै उसले आएर सोच्छयिनिहरmको जस्तो गरी हिँडेर मलाई पुग्दैन, म त मेरो वुवाआमाको सपना र मेरो उज्वलभविष्यनिर्माणको लागीशहर पसेको हुम, उ आफ्नो औकातमाफर्किसकेको हुन्छ, हुन त उसलाई पनि प्रेम गर्ने रहर नलागेको हैन, कसैलाई मन पराउँथ्यो पनि ,तर जसलाई उसले मन पराउँथ्यो उसबाटै अस्वीकार भएपछिउसले सोच्थ्यो मेरो भाग्यमा प्रेम गर्न लेखेको छैन, सवैको भाग्यमाकहाँ प्रेम लेखिएको हुन्छ र उसले मनमनै सोच्थ्यो ।

प्रेमको कुरा उसको लागिक्षणिकथिए, यि सवै कुरा भुलेर उ आफ्नो लक्ष्यमै केन्दि«तथियो, उसले जागिर खानकै लागीलोकसेवाक्लास जोईन गरेको थियो उसले सोच्थ्यो यो कलेज पढेर मात्रभोको पेट नपालिने रहेछ, आखिर जागिर नखाई नहुँदो रहेछ । क्लास लिँदै आफ्नोतयारी थाल्दै सिक्दै, खोज्दै, साथीहरुवीचछलफलगर्दे, गुरुहरुमाप्रश्नगर्दे सुझावलिदै उ अगाडीबढ्छ । उसले लोकसेवाले खोलेको विज्ञापनहरmमाबडो उत्सुक हुँदै फर्म भर्थ्यो उसले तयारी थालेको वर्ष फर्म भरेको परीक्षाआयो उसले परीक्षादियो प्रथमपत्रमा सफलताप्राप्तभएपछिउसले वुवालाई फोन गर्यो, वुवा म प्रथमपत्रमापास भएअव दोस्रो तेसा्रे चरणलागिबाटो खुल्यो, यो सुनेर वुवाले भन्नुभयो ल लबावु पढतलाई म खेत वारी बेचेर भएपनिपढाउँछु, वुवाको या वाक्यउसको मनमागढेको थियो, उसले जागिर खाने मौका यहीहो सोचेर विशेष क्लास लिएर तयारी अब्बलबनाउनसंघीय राजधानीकाठमान्डौ लाग्ने भयो । उसलाई वसपार्क सम्मपुर्याउनउसको दिदिगएकीथिईन वस चढ्ने वेलादिदिले भनिन् ल राम्रोसँग जा, पुग्ने वित्तिकै फोन गर्नु, राम्रोसँग पढेस् है, दिदिको मायामिसिएको मिठो सुझावलिएर छुट्ने बेलाको आँसु बरर खसाल्दै उ रात्रीवसमा राजधानिको यात्रा तय गर्छ । विहानगोगंवु बसपार्क ओर्लिएर ट्याक्सीलाई भाडादिएर बस्ने ठाउँतर्फ लाग्छ, उ आउनुभन्दापहिले नै बस्ने ठाउँहोस्टलफिक्स गरेर आएको थियो, उसले बसेर खानाखाएवापतमासिकशुल्कबुझाउँथ्यो ।

उ वस्ने ठाउँ र पढ्न जाने ठाउँनजिकै थियो, उ गएकै दिनपढ्नको लागिक्लास भर्ना हुनजान्छ, भर्ना हुँदा पैसा मागियो उसले पैसा गोजिबाटनिकाल्छ र सोेच्छ यो पैसामावुवा र आमाको अथाह मेहनत र संघर्ष लुकेको छ । उसले पढ्नको लागि परिचयपत्रवनाएर फर्किन्छ, भोलिपल्टबाट उ नियमितक्लास गइनिजामति सेवामा रहेका विषयविज्ञ गुरुहरुबाटप्रशीक्षणलिन्छ , सुझाव र सल्लाहमाग्छ, उहाँहरुको हरेक शब्दउसले बडो ध्यानदिएर उत्सुक हुँदै सुन्छ । उसले कक्षामा रहँदा देख्थ्यो आफुजस्तै मान्छेहरु जो जागिरको खोजिमाभौतारिरहेका देखिन्थे, उ सोच्ने गर्दथ्यो यति धेरै मान्छेहरुको भीडमा म पनि पसेको छु, मैले यत्राप्रतिस्पर्धी हराउनु छ या भनौ यिनिहरुभन्दाअब्बलभएर नै सफलताप्राप्तगर्नु छ । यसरी नै सोच्दै तयारी थाल्दै उसकादिनहरु बित्थे, उ पड्न जाँदा र पडेर बस्दा खानाको पत्तो नै हुँदैनथ्यो सायद उसलाई खानाखानुभन्दाछिटै जागिर खानु पर्छ भन्ने थियो । उ सामान्यजिवन मन पराउँथ्यो तेसैेले पुरानै लुगा सफा गरेर लगाउँथ्यो, उसलाइथाहाथियो लुगा त फाटेर जान्छ तर छालाफाट्दैन बस् मेहनत र लगावछाड्नु भएन तेहीहो, यस्तै यस्तै सोच्थ्यो उसले । उसले यो पनि सुनेको थियो लोकसेवाजाँचक्यारमबोर्ड को गोटी जस्तै हो, कसैको स्टाईगर ले गोटीलाई सीधाहानेपनिप्वालमाजादैन, कसैको झटारो हान्दापनिजान्छ, कसैको प्वालमाआधागएको गोटीपनिफर्केर बोर्ड मै आउँछ, त्यसैले मेहनत साथै भाग्यपनिचाहिन्छभन्ने विचार उसमाथियो ।

हेर्दा हेर्दे परीक्षापनिआयो उसले जाँचदिनजाँदाभगवानपशुपतिनाथ सँग दशऔलाजोडेर आर्शिवादमागेको सम्झिदै परीक्षाहलतिर लाग्छ, उ एकदमै गम्भिर देखिन्थ्यो तेत्तीकै उत्सुक पनि देखिन्थ्यो किनकि उ सरकारी सेवाप्रवेश गर्ने अन्तिम पेपरको जाँचदिँदै थियो । उ जाँचदिनजानभन्दाअगाडिजतिउत्सुक देखिन्थ्यो जाँचदिएर निस्केपछि तेत्तिकै मलिनमुद«ामा देखियो, उसले पढेको प्रश्नजाँचमाआएन, जहाँबाटप्रश्नआएनिहुन्छभनेर गएको उ कहाँबाटप्रश्नआयो भन्दै निस्कियो, उ त्यस दिननिकै नै निरास देखिन्थ्यो किनकिउसले वुवाआमाको संघर्ष, आफ्नो लगाव, मेहनत र लगानीझल्झली सम्झिरहेको थियो ।

जाँचको पर्सिपल्टउसको घरमादिदिको शुभविवाहथियो, उ परीक्षाविग्रेपछिको मलिन, दुखितअनुहार र मनमापीडाबोकेर रात्रीबसमा घर गयो, उसले गाउँघरका साथीभाई लामो समयपछि भेट्यो, आएका सवै आफन्तजनहरु भेट्यो तापनिउसको अनुहारमाकुनै प्रकारको चमकथिएन, उसको सम्पूर्ण तन नै परीक्षामाविग्रीएकाप्रश्नमाथियो । बुझेकाहरुले सोध्थे एक्जाम राम्रै गर्यौ यसपटक त नामनिस्कीएलानी? उ मौन बस्थ्यो किनकिउसलाई थाहाथियो आफ्नो परीक्षा कस्तो भयो भन्ने । आफन्तहरुले सोध्दथे के छ हालखबर ?कहाँछौ अहिले ? के गर्दे छौ ?यस्तै यस्तै प्रश्न सोधियो उसलाई, उसलाई लागेको थियो आज भेट भएर यसरी हालखबर सोध्नेहरुले सँधैभरी सोधिदिए कस्तो हुन्थ्यो उसले मनमनै सोचेको थियो किनकिउसले बुझेको थियो अभाव, पीडा र छटपटाहटमावितेका सयौ दिनरातहरु जो आफन्तहरुले कहिल्यै बुझेनन् वाबुझन् चाहेनन् ।

बाजा, वरियाँत को ताँती, सयौ मान्छेहरुकओहोरदोहोर रमाईलो देखेर पनिउसको मनमाकुनै प्रकारको उमंगथिएन, एकातिर परीक्षाविग्रेको पीडाथियो भने सँगै हुर्केखेलेको दिदिलाई सदाकालागिजन्मघर छाडेर कर्मघर पठाईदै थियो । उसलाई पीडामाथिझन धेरै पीडाथपिएको महशुस भयो । यतिहुँदाहुँदै पनि उ आफ्नो लक्ष्यप्राप्तीको लागी संघर्षको मैदानमाहोमिएको छ । उसले बुझेको छ, असफलहुनु कठिन कुरा हो तर सफलताको लागिप्रयास नै नगर्नु त झनै खराब कुरा हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।