माछापुछ्रे बैंकले १०.४ प्रतिशत लाभांश दिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ मंसिर ।

माछापुछ्रे बैंकले सेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ७.०३ प्रतिशत बोनस सेयर र ३.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको ४ सय २९औं सञ्चालक समितिको बैैठकले चुक्ता पुँजीको २८ करोड ५० लाख ६४ हजार ७ सय ४४ कर प्रयोजन सहित नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश कम्पनीको २२औं वार्षिक साधारणले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।

पुस २ गते होटल पोखरा ग्राण्डमा बैंकको साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न गरिने जनाइएको छ । बैंकले साधारणसभामा सेयर धनीहरुको तर्फबाट ३ जना सञ्चालक समिति निर्वाचनमार्फत् चयन गर्ने उल्लेख गरेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।