धरान , २८ मंसिर ।
नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ ।
शनिवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।
स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
सुनको मूल्य स्थिर, भाउँँ कति ?
साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार र शुक्रबार पनि सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ कायम गरिएको थियो। प्छिल्लो चार दिनयता अन्तर्राष्ट्रिय बजारमा धेरै अंकको फेरबदल नभएकाले मूल्य स्थिर रहेको हुन सक्ने महासंघले जानकारी दिएको छ।
चाँदीको मूल्यमा पनि गत बिहीबारयता फेरबदल भएको छैन। अघिल्लो दिनको भन्दा १५ रुपैयाँले घटेर गत बिहीबार १२ सय रुपैयाँ प्रतितोला भएको चाँदी आइतबार पनि स्थिर छ।