सुन र चाँदीको मूल्य घट्याे, आज ताेलाकाे कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ मंसिर ।

मंगलबार एकै दिन एक हजार ५०० ले बढेको सुनको भाउ आज बुधबार घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य ९३ हजार ४०० रूपैयाँ कायम छ। हिजो यसको मूल्य प्रतितोला ९४ हजार ६०० रूपैयाँ कायम थियो।

यसैगरी तेजाबी सुनको मूल्य ९२ हजार ९५० रूपैयाँ प्रतितोला कायम भएको महासंघले जानकारी दिएको छ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेकाे छ। तोलामा २० रूपैयाँले घटेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ तोकिएको छ।