अझै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं , १९ मंसिर ।

नेपाली बजारमा सुनको मुल्य आज पनि रु ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ ।

हिजो बिहीबारको तुलनामा तोलामा ३ सयले बढेको हो । बिहीबार तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मुल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४५० कायम भएको छ । हिजो तोलाको ९२ हजार १५० कायम गरिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय १० कायम भएको महासंघले जनाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]