नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनमा नहुने पक्का

हाम्रो सन्देश संवाददाता

काठमाडौं , १८ मंसिर ।

पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हक्कीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ ।

खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले जानकारी दिए । यद्यपी खेल कहिले हुने भन्ने सम्बनधमा राखेपले छिट्टै निर्णय गर्नेपनि बताए ।