आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, जान्नुहोस तोलाको कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं , १८ मंसिर ।

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन १ हजार ६ सयले बढेको हो । आज सुन ९२ हजार ६०० मा कारोबार भइरहेको छ । यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो ।

गत हप्ता पनि सुनको मूल्यमा गिरावट आइरहेको थियो । साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । बुधबार पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो । विहिबार पनि त्यहि मूल्यमा कारोबार भएको सुन शुक्रबार ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढ्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।